Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

हेयर स्टाईलिष्ट राम ठाकुरले खोले नयाँ सैलुन


सारांश

हेयर स्टाईलिष्ट राम ठाकुरले खोले नयाँ सैलुन
images

काठमाडौं । हेयर स्टाईलिष्ट राम ठाकुरले नयाँ हेयर पार्लर खोलेका छन् । ठाकुरले काठमाडौंको कोटेश्वरमा नयाँ आफ्नो नयाँ सैलुन खोलेका हुन् ।

उक्त सैलुनको काठमाडौं प्रदेश सभा सदस्य सुनिल के सी एवं नायक निखिल उप्रेती र संचिता लुइँटेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

368434157_1449276782584171_4242659313831568607_n.jpg

राजेश हमालको नीजि हेयर ड्रेसरको रुपमा परिचित राम ठाकुरले नेपालका प्रायः सबै सेलिब्रेटीहरुको कपाल काटिसकेका छन् ।

सरल स्वभावका ठाकुरको कोटेश्वर माधव नेपालको घर तल लामो समय देखि यो व्यवसाय संचालन गर्दै आएका छन् , हालै शुरु गरेको कोटेश्वरको पार्लर रामको नयाँ शाखा हो।

387648922_2189934567883236_8086034933770816447_n.jpg

आफ्नो सैलुनको नयाँ शाखा खोलिसकेपछि ठाकुर भन्छन् -"पहिलेको तुलनामा यसमा विशेष सुविधा छ, यहाँ सर्वसाधारण देखि सेलिब्रेटी सम्मको कपाल काटिन्छ।"

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij