सारांश
काठमाडौं । अभिनेता प्रकाश घिमिरेको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै आएको छ । भिरबाट लडेर घाइते भएका घिमिरेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।
“उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अचेत अवस्थामा भनाइ हुनुभएका उहाँको होस आएको छ । बोल्न सक्ने हुनुभएको छ । ह्विलचेयरमा बसेर हिँडाउन थालिएको छ,” मणिपाल अस्पताल पोखराका प्रवक्ता कृष्णमोहन श्रेष्ठले भने, “ब्लड प्रेसर, अक्सिजन ठिक छ । एक÷दुई दिनमा उहाँलाई वार्डमा सारिन्छ ।”
अभिनेता घिमिरे शुक्रबार बिहान गाईलाई घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका थिए ।