सारांश
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हमासविरुद्ध युद्धविराम गर्न स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।
“युद्धविराम गर्नु भनेको हमास र आतंकवादसँग आत्मसमर्पण गर्नु हो,” युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय एजेन्सीको माग अस्वीकार गर्दै सोमबार उनले भने ।
“यस्तो हुने छैन,” विदेशी पत्रकारसँग उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”
संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूले इजरायलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै त्यहाँ सीमित संख्यामा ट्रकहरू प्रवेश गरेको जनाएको थियो ।