Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

जुवाको खालबाट कलाकार पक्राउ


सारांश

जुवाको खालबाट कलाकार पक्राउ
images

काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

शनिबार राति मैतीदेवीको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले कलाकार गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), कलाकार शंकर आचार्य, गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

उक्त डान्स तालिम केन्द्रलाई कलाकार गजित विष्टले संचालन गर्छन् ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij