Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

इनासको पाँचौ ग्लोबल सम्मेलन तथा सम्मान कार्यक्रम सभ्य रुपमा सम्पन्न


सारांश

इनासको पाँचौ ग्लोबल सम्मेलन तथा सम्मान कार्यक्रम सभ्य रुपमा सम्पन्न
images

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पाँचौ ग्लोबल सम्मेलन तथा सम्मान कार्यक्रम सभ्य रुपमा सम्पन्न भएको छ।

शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा इनासको पाँचौं महाधिवेशनबाट ग्लोबल अध्यक्षमा रामचन्द्र थापा (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। पाँचौ महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सह–संयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ।Capture.JPG
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा साबु गदाल कार्की (अमेरिका) मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रहेका छन्। त्यसैगरी महासचिवमा राजमान तामांग (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहेका छन्।

क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैया सिङ्ग परियार (उत्तर अमेरिका) रहेका छन्। सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहेका छन् भने बाँकी केहि पदहरु हालका लागि रिक्त राखिएको ग्लोवल समितिले जनाएको छ ।

Capture.JPG

महाधिवेशनमा नयाँ कार्यसमिति चयनसँगै बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टाहरू नेपाली चलचित्रका प्रथम नृत्य निर्देशक भैरब बहादुर थापा, बरिष्ठ गीतकार किरण खरेल, बरिष्ठ गायिका मिरा राणा सहित बरिष्ट अभेनता तथा अभिनेत्री कृष्ण मल्ल तथा शर्मिला मल्ललाई ‘इनास विशिष्ट सम्मान २०२३’ द्धारा सम्मानित गरेको छ । सम्मानित व्यक्तित्वहरुका तर्फ बाट बरिष्ट अभिनेता कृष्ण मल्लले आफुँ सम्मान लिन आएको भन्दा पनि सम्मान गर्न आएको बताउँदै इनासले नेपाली कला संस्कृतिलाई विश्वभर फैलाउन सफल भएको जनाउँदै इनासलाई अझै सशक्त भएर अगाडी बढ्न शुभकामना समेत दिएका थिए।inas.JPG
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले नेपाली भाषा कला तथा संस्कृतिलाई बिश्वब्यापी रुपमा संरक्षण तथा सम्बर्द्वन गर्ने कार्यमा इनासले महत्वपूर्ण भूमिका खेलेको जनाएका थिए।

नेपाली चलचित्र सम्बन्धित बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले शुभकामना मन्तव्य प्रस्तुत गर्दै इनास संग सहकार्य गरेर आगाडी बढ्न तत्पर रहेको बताएका थिए।

इनासले प्रत्येक २ बर्षमा गर्ने ग्लोबल सम्मेलनका अवसरमा कार्य कुशलताको उच्च मुल्यांकन गर्दै एक क्षेत्रीय समिति र १ राष्ट्रिय समितिलाई उत्कृष्ट इनास सम्मानद्वारा सम्मान गर्दै आएको छ। जस अनुसार यस पटक जर्मनी राष्ट्रिय समिति र युरोप क्षेत्रीय समितिले इनास उत्कृष्ट सम्मान २०२३ प्राप्त गरेका छन्। इनास उत्कृष्ट राष्ट्रिय समिति जर्मनीको सम्मान इनास जर्मनीका पुर्व सल्लाहकार मदन दाहाल तथा इनास युरोप राष्ट्रिय समितिले प्राप्त गरेको सम्मान इनास युरोपका संयोजक प्रकाश तिवारीले ग्रहण गरेका थिए।

Capture.JPG

आयोजक राष्ट्र इनास नेपालका अध्यक्ष दयाराम पाण्डेयले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्ण लामाको समुहले नृत्य प्रस्तुत् गरेको थियो भने गायिका माण्डवी त्रिपाठी र सरोज साजन श्रेष्ठले गायन प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij