सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ग्लोबल अध्यक्षमा रामचन्द्र थापा (अष्ट्रेलिया) रूपमा निर्वाचित भएका छन्।
काठमाडौंको होटल एभरेष्टमा सम्पन्न पाँचौ महाधिवेशनबाट थापा इनासको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सह–संयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा साबु गदाल कार्की (अमेरिका) मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रहेका छन्।
त्यसैगरी महासचिवमा राजमान तामांग (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहेका छन्।
क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैया सिङ्ग परियार (उत्तर अमेरिका) रहेका छन्। सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहेका छन् भने बाँकी केहि पदहरु हालका लागि रिक्त राखिएको ग्लोवल समितिले जनाएको छ ।