सारांश
काठमाडौं । मन्त्रीपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरका नवनिर्वाचित अध्यक्ष दयाराम पाण्डेयलाई इनासको ओहोदाको लोगो प्रदान गरका छन् ।
काठमाडौंमा आयोजित इनासको पाँचौं ग्लोबल अधिवेशनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका रेग्मीले अध्यक्ष पाण्डेयलाई इनास ग्लोबलले प्रदान गरेको संस्थाको लोगो लगाईदिएका हुन् ।
उक्त अवसरमा इनासका संस्थापक अध्यक्ष एवं संरक्षक पुष्प बरुवालले नेपाल च्याप्टरको नवनिर्वाचित कार्यसमितिलाई खादा ओढाई सम्मान स्वागत एवं सम्मान गरेका थिए ।
दयाराम पाण्डेयको अध्यक्षतामा चयन भएको १९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा निर्देशक ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भएका छन् ।