सारांश
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले विभिन्न क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ श्रष्टाहरूलाई "इनास विशिष्ट सम्मान २०२३"द्वारा सम्मानित गरेको छ।
इनासको पाँचौ महाधिवेशनको अवसर पारेर मन्त्रीपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।
यसरी सम्मानित हुनेहरुमा नेपाली चलचित्रका प्रथम नृत्य निर्देशक भैरब बहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ गायिका मिरा राणा सहित वरिष्ठ अभिनेता तथा अभिनेत्री कृष्ण मल्ल तथा शर्मिला मल्ल रहेका छन् ।
सम्मानित व्यक्तित्वहरुका तर्फ बाट बरिष्ट अभिनेता कृष्ण मल्लले आफू सम्मान लिन आएको भन्दा पनि सम्मान गर्न आएको बताउँदै इनासले नेपाली कला संस्कृतिलाई विश्वभर फैलाउन सफल भएको जनाउँदै इनासलाई अझै सशक्त भएर अगाडी बढ्न शुभकामना समेत दिएका थिए।