सारांश
काठमाडौं । निश्चल बस्नेत निर्देशित चलचित्र 'दिमाग खराब' को नयाँ गीत 'हजुरी' सार्वजनिक गरिएको छ।
जयन जे वाइबाको शब्द तथा संगीत रहेको गीतमा उनीसँगै मिना निरौलाको स्वर छ। गीतको भिडिओमा कलाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्कालाई देख्न सकिन्छ।
रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय छ।
यो चलचित्र तिहारको अवसर पारेर कार्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ।