सारांश
काठमाडौं । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् ।
उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ ।
जलपरी नामले चिनिएकी उनले ‘चाल’, ‘बिरानो माया’, ‘दुलही रानी’लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।