Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘दिमाग खराब’ को प्रदर्शन नरोकिने, मंगलबारसम्म प्रदर्शन हुने


सारांश

‘दिमाग खराब’ को प्रदर्शन नरोकिने, मंगलबारसम्म प्रदर्शन हुने
images

काठमाडौं । चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म हलहरूमा प्रदर्शन हुने भएको छ। 

विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’को प्रदर्शनी रोक्ने घोषणा गरेका थिए। 

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका थिए। 

उक्त घोषणापछि बिहीबार नेपाल चलचित्र संघ र ‘दिमाग खराब’को निर्माताहरूबीच छलफल भएको हो।  संघका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै छलफल सकारात्मक भएको बताएका छन्।

यस्तै बाँकी विषयमा आउँदो मंगलबार पुन: छलफल गर्ने र त्यतिञ्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको हो।  

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij