सारांश
काठमाडौं । चलचित्र विकास बोर्डले कर जति सुकै लिए पनि दर्शकले ‘प्रेम गीत–३’को हिन्दी भर्सन पनि हेर्न पाउनु पर्ने सिनेमाको निर्माण पक्षले जनाएको छ ।
हिन्दी चलचित्रसँग बोर्डले लिने चलचित्र विकास शुल्क १५ प्रतिशत ‘प्रेम गीत–३’सँग पनि लिने भनेपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले ‘प्रेम गीत–३’को हिन्दी भर्सन नेपाली दर्शकले हेर्न चाहेको भन्दै आफूहरूका लागि कर भन्दा पनि आफ्नो काम महत्त्वपूर्ण भएको बताए
यद्यपि, ‘प्रेम गीत–३’ नेपाली चलचित्र भएको र यसको नेपाली भाषाको र नेपाली टेरीटोरीको राइट्स आफूसँग भएको भन्दै उनीहरूले हिन्दी चलचित्रसरह ट्याक्स लिन नपाइने जिकिर गरे । सेन्सरमा हिन्दी चलचित्रलाई गरिने क्राइट एरियामा ‘प्रेम गीत–३’लाई राखिएको भन्दै सन्तोष र प्रदीपले आपत्ति जनाए । सेन्सरको समय गुजारेर नोपलमा ‘प्रेम गीत–३’को हिन्दी भर्सन रिलिज गर्नै नदिने बोर्डको उद्देश्य रहेको उनीहरूको आपत्ति छ ।
“यदि हामीलाई नेपालभित्रै विभेद गरिन्छ । चलचित्र लगाउनै नदिने यसरी खेल खेलेर कर्नङि गरिन्छ भने कसरी नेपाली चलचित्रको विकास हुन्छ,” सन्तोषले भने, “विभिन्न बाहानामा हाम्रो चलचित्रलाई लगाउनै नदिने षड्यन्त्र भइरहेको छ । बोर्डले हिन्दी चलचित्रलाई लगाउँदै १५ प्रतिशतमात्रै होइन ३० अथवा ५० प्रतिशत कर लिए पनि हुन्छ । तर, हामी हिन्दी भर्सन पनि प्रदर्शन गर्छौं ।”