Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लोकदोहोरी प्रतिष्ठानको महाधिवेशन फागुनमा


सारांश

लोकदोहोरी प्रतिष्ठानको महाधिवेशन फागुनमा
images

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुनमा हुने भएको छ।

प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङवेशीमा महाधिवेशन गर्ने निर्णय गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्नुका साथै अन्य केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट रमेश बिजी अध्यक्षमा निर्वाचित भएका थिए। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij