Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ईनास मेरिल्याण्डको देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न


सारांश

ईनास मेरिल्याण्डको देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न
images

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) च्याप्टर मेरिल्याण्डको दीपावलीको शुभकाना कार्यक्रम र देउसी भैलो भव्य रूपमा सम्पन्न भएको छ ।

371317725_1071753273832414_8818631579574244728_n.jpg

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मेरिल्यान्ड र पेन्सिलभेनियाका अवैतनिक राजदुत तथा वरिष्ठ गायक प्रेमराजा महत, विशिष्ट अतिथिहरु डेलिगेट डा. ह्यारी भण्डारी, इनास अमेरिका राष्ट्रिय समिति अध्यक्ष राहुल के .सी, प्रवक्ता गोपाल चन्द्र लामिछाने, निवर्तमान अध्यक्ष सृजन ताम्राकार, वानाका अध्यक्ष सुबोध विलास पन्थ, निर थापा, उपाध्यक्ष भीम के सी, अमर छन्त्याल, अमेरिका-पर्वत समाज अध्यक्ष तथा रविन शर्मा उपस्थित थिए ।

395766201_1219478656110023_6261615195562091925_n.jpg

कार्यक्रमको आकर्षण लाईभ म्यूज़िकअन्तर्गत किबोर्डमा गायक तुलसी पराजुली, ड्रममा राजेश खड्गी, वासुरीमा अमृत रामदाम, रिदममा राजु ढंगेल र खिम मस्रंगी, गीतारमा सुजन रामदाम, सारंगीमा विराज रामदाम, हार्मोनियममा ईनास मेरिल्यान्डका अध्यक्ष तथा संगीतकर्मी लक्ष्मण पौडेल साथै गायनमा अन्जना गुरुङ, शान्ती भन्डारी, कल्पना देवकोटा, स्वरूपा रसाईली र उषा लामाले सुमधुर गीत प्रस्तुत गरेका थिए ।

370314343_3386817618274921_539100342875344222_n.jpg

नृत्य निर्देशक शिव वि क, उषा लाम, प्रवेश उप्रेती “पल”, माध्वी भन्डारी, रूवी र प्रशन्नले नाच प्रस्तुत गरेको कार्यक्रममा शिवहरि पौडेल, खेम शर्मा, अन्जु थापाले सन्देशमूलक प्रहसन प्रस्तुत गरेका थिए भने गायक भगवान भण्डारी र रानी शाक्यको विशेष प्रस्तुति थियो ।

399982409_666281095332437_5835471749017826313_n.jpg

कमेडियन महादेव त्रिपाठीले आफ्नो प्रस्तुतिले उपस्थित सबैलाई हसाउन सफल भएका थिए । कार्यक्रममा ईनास मेरिल्याण्डका सल्लाहकार तथा रियल्टर प्रविन भण्डारीले नृत्य गर्दा डेलीगेट डा. भण्डारी खुसी देखिन्थे ।

372950778_3709010819424023_3302471108504677811_n.jpg

कार्यक्रममा साउण्ड डीजे मोहन गुरूङ , ईभेन्टमा नाम्लो ईभेन्ट विक्रान्त श्रेष्ठ, दिलीप श्रेष्ठ ,फोटोमा सुशील पंगेनी,खाना तथा भान्सा व्यवस्था फेम्ली किचन परिवारको रहेको थियो ।

370252483_1064942558272412_2466949879377552770_n.jpg

औपचारिक कार्यक्रमको अध्यक्षता लक्ष्मण पौडेलले गरेका थिए भने कार्यक्रम संचालन सज्जन बोहोराले गरेका थिए। संयोजक राजु ढुंगेल रहेको सो कार्यक्रममा शान्ती भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

395017593_1082376866092162_7948389874303077343_n.jpg

सो कार्यक्रमको बारेमा प्रेमराजा महतले फ़ेसबुकमा यस्तो लेखेका छन् -

370258993_1443465392867246_5552486737575118562_n.jpg

उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई ईनास मेरिल्याण्डले धन्यवाद व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij