Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

दिनेश राउतको निर्देशनमा चलचित्र ‘पुजार सार्की’ निर्माणको घोषणा


सारांश

दिनेश राउतको निर्देशनमा चलचित्र ‘पुजार सार्की’  निर्माणको घोषणा
images

काठमाडौं। निर्देशक दिनेश राउतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। 

निर्देशक राउतले समाजिक संजाल मार्फत आफु सहित लेखक विकास सुवेदी र निर्माता/संगीतकार सुभाष भुषाल सङ्गको तस्वीर सङ्गै आफ्नो सातौं चलचित्रको रुपमा ‘पुजार सार्की’ घोषणा गरेका हुन् ।

403636680_3461033907559863_5219864958174313037_n.jpgचलचित्रलाई विकास सुवेदीले लेखेका छन्। चलचित्रलाई संगीतकार सुभाष भुषालले निर्माण गर्नेछन्। किङ्गडम नेटवर्कको प्रोडक्सनमा बन्ने फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

माघको पहिलो साताबाट छायाँकनमा जाने बताईएको छ । चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा अहिले कुनै जानकारी दिएको छैन।

लेखक सुवेदीका अनुसार फिल्म एकजना क्रान्तिकारी दलित पात्रको जीवनमा आधारित हुनेछ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij