Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

ख्यातिप्राप्त गीतकार एवं पूर्व धावक बुद्धवीर लामा सम्मानित


सारांश

ख्यातिप्राप्त गीतकार एवं पूर्व धावक बुद्धवीर लामा सम्मानित
images

काठमाडौं। "बादलुको घुम्टोले इलाम बजार छोपिदा, मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिदा" लगायत थुप्रै सिर्जनाका सर्जक ख्यातिप्राप्त गीतकार एवं पूर्व धावक बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् ।

नेपाली सांगीतिक र  खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड ९७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ० नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौं गीतिमय साँझबाट संकलित रकम मध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरुप लामालाई प्रदान गरिएको हो ।

1-2.jpegलामाले सम्मानवापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केहि रकम अनाथलय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहरुलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।

लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए । बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij