Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

मेनुकाको पाउ छोएर बलिउड अभिनेता रणवीरले गरे तारिफ


सारांश

मेनुकाको पाउ छोएर बलिउड अभिनेता रणवीरले गरे तारिफ
images
काठमाडौं । गायिका मेनुका पौडेलको गायकीको बलिउड अभिनेता रणवीर कपुरले तारिफ गरेका छन् ।
 
इन्डियन आइडलको मञ्चमा अतिथिको रूपमा पुगेका रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको तारिफ गरेका हुन् । 

 रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै उनीसँग आशीर्वाद लिन चाहेको बताएका छन् । रणवीरले मेनुकाको पाउ छोएर सम्मान गर्दै आशीर्वाद लिएको इन्डियन आइडलको भिडियोमा देखिएको छ । 

मेनुकाले रणवीरकै अघिल्लो चलचित्र ‘अगर तुम साथ हो’ गाउँदा रणवीर भावविह्वल भएर सुनिरहेको देखिन्छ । 

रणवीर आफ्नो चलचित्र ‘एनिमल’को प्रचारका अभिनेत्री रश्मिका मन्दानासँगै इण्डियन आइडलको मञ्चमा पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij