सारांश
काठमाडौं । भारतीय गायक अरिजित सिंहले काठमाडौंमा चार घण्टा गीत गाएका छन् ।
शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा उनले चार घण्टा लामो प्रस्तुति दिएका हुन् ।
पहिलो पटक नेपाल आएका उनले १० हजार नेपाली दर्शकबीच हायात रिजेन्सीमा आफ्ना दर्जनौं लोकप्रिय गीत गाए ।
अरिजितले आफ्ना सयौं नेपाली फ्यानलाई अटोग्राफ दिएका थिए । अटोग्राफ लिनेको भीड लागेको थियो ।