Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

बलिउड प्रवेश गर्दै प्रदीप खड्का


सारांश

बलिउड प्रवेश गर्दै प्रदीप खड्का
images

काठमाडौं । अभिनेता प्रदीप खड्काको पहिलाे हिन्दी चलचित्र निर्माणकाे घोषणा भएको छ ।

चलचित्रको नाम ‘ऐरी’ राखिएको छ । हिन्दीसहित विभिन्न भाषामा बन्ने चलचित्र बिग बजेटमा निर्माण गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । 

भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजव कुँवरको लगानी रहनेछ । चलचित्रलाई जीवन थापाले निर्देशन गर्नेछन् । 

सुवास काले तिनै वितरक हुन्, जसले ‘प्रेम गीत–३’ भारतमा वितरण गरेका थिए । 

यही चलचित्रका लागि प्रदीपले ‘प्रकाश’ यता कुनै पनि सिनेमामा काम गरेका थिएनन् । स्रोतका अनुसार उनलाई ‘प्रेम गीत–३’ भारतमा किन्ने निर्माता तथा वितरक सुभास कालेलगायतको कम्पनीले उनलाई ‘ऐरी’ निर्माणका लागि सम्झौता गरेको थियो । उक्त सम्झौतामा ‘ऐरी’ निर्माण तथा प्रदर्शन अगाडि अर्को ब्यानरको कुनै पनि चलचित्र नखेल्ने उल्लेख थियो । जसका कारण प्रदीपले ‘प्रकाश’ यता कुनै पनि चलचित्रमा काम गरेका थिएनन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij