सारांश
काठमाडौं । एक्सन स्टार विराज भट्टले नयाँ चलचित्र ‘१२ गाउँ’ निर्माणको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै विराजले चलचित्र घोषणा गरेका हुन् ।
चलचित्र एक्सन थ्रिलर जानरामा निर्माण हुने उनले जानकारी दिएका छन् । विराज भट्ट फिल्म प्रोडक्सनद्वारा चलचित्र निर्माण हुनेछ ।
विराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छन् ।