सारांश
एजेन्सी। बलिउड अभिनेता रणवीर कपूरको चलचित्र 'एनिमल' ले 'पठान' को रेकर्ड तोडेको छ।
'एनिमल' ले पहिलो सप्तान्हमा सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी चलचित्रको रेकर्ड राखेको हो। चलचित्र बजार विश्लेषक तरण आदर्शका अनुसार 'एनिमल' ले तीन दिनमा २०१ करोड ७६ लाख भारू कमाएको छ। हिन्दी संस्करणतर्फ १७६ करोड ५८ लाख भारू कमाएको छ।
शाहरूख खानको 'जवान' पहिलो सप्तान्हमा १८० करोड ४५ लाख भारू कमाउँदै पहिलो स्थानमा छ भने 'पठान' ले १६१ करोड भारू कमाएको थियो।
६३ करोड ८० लाखमा ओपनिङ गरेको फिल्म 'एनिमल' ले दोस्रो दिन ६७ करोड २७ लाख र तेस्रो दिन ७० करोड ६९ लाख भारू कमाएको हो।