सारांश
एजेन्सी । बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ ।
राजकुमार हिरानीको निर्देशन रहेको चलचित्रमा शाहरुखसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनील ग्रोभरलगायतको अभिनय छ ।
‘डंकी’ २१ डिसेम्बर २०२३ मा रिलिज हुँदै छ । ‘जवान’ र ‘पठान’ हिट भएकाले शाहरुखको यो चलचित्र पनि प्रतिक्षित बनेको छ ।