Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

भूकम्पपीडित सुत्केरीलाई इनास फ्रान्सले गर्‍यो आर्थिक सहयोग


सारांश

भूकम्पपीडित सुत्केरीलाई इनास फ्रान्सले गर्‍यो आर्थिक सहयोग
images

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास (फ्रान्स) ले भूकम्पका कारण प्रत्यक्ष मारका परेका सुत्केरीलाई आर्थिक सहयोग गरेको छ । इनास (फ्रान्स) ले रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

50494703_105324133905493_5829204557015547904_n.jpg

आठबिसकोट नगरपालिका १४ की १८ वर्षीया कल्पना विक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षीया माया घर्ती ओलीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

403669433_1035127027764493_4140971204679215545_n.jpg

इनासका युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले नेपाल आएको समयमा पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई काठमाडौं सहयोग रकम हस्तान्तरण गरेका थिए। तिवारीले इनास फ्रान्सले दशैं तिहारको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको दशैं तिहार धमाका नामक कार्यक्रम स्थगित गरेर कार्यक्रम गर्न लाग्ने खर्च भूकम्प प्रभावित सुत्केरीलाई पठाएको जनाए।

Capture.JPG
इनास फ्रान्सका अध्यक्ष आभास आचार्य

इनास फ्रान्सका अध्यक्ष आभास आचार्यले विपद्को बेला जोखिममा रहेका सुत्केरीहरुलाई आवश्यक राहत तथा स्वास्थ्य सामग्री खरिदमा सहयोग पुर्‍याउने उद्धेश्यले सहयोग गरिएको बताए । उनका अनुसार चिसो मौसममा सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो । यसका लागि इनास फ्रान्सको कार्यसमिति तथा इनास फ्रान्सका सम्पूर्ण शुभचिन्तकप्रति आभारी रहेको आचार्यको भनाइ छ। कल्पनाको १९ दिने छोरा रहिस बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर छोरालाई जन्म दिएकी उनी भूकम्पमा परेर घाइतेसमेत भएकी थिइन् ।

253792402_573201417117760_7062562254526475792_n (1).jpg
इनास फ्रान्स टिम

त्यसैगरी मायाको श्रीमान् पूर्ण र छोरा प्रणवको पनि भूकम्पकै कारण मृत्यु भएको थियो । काखमा रहेकी छोरीलाई भूकम्पबाट जोगाउन सफल मायाको घर र जाजरकोटको रिम्ना बजारमा सञ्चालित व्यवसाय ध्वस्त भएको छ । दुवै जना पीडितर अहिले त्रिपालमुनि बसिरहेका छन् । सोमबार पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसीमार्फत पीडितहरूको घरमा गएर उक्त रकम उपलब्ध गराइएको हो ।

भूकम्पका कारण यतिबेला सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij