Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

यस्तो छ उदय सुब्बाको चलचित्र ‘दुई कदम’को ट्रेलर (भिडिओ)


सारांश

यस्तो छ उदय सुब्बाको चलचित्र ‘दुई कदम’को ट्रेलर (भिडिओ)
images

काठमाडौं । उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरमा एक जोडी प्रेमी प्रेमीकाको प्रेममा आउने उतार–चढाव र लिम्बु संस्कार देखाउन खोजिएको छ । ट्रेलर हेर्दा इओन लिम्बु र सिमोन गिरी चलचित्रभित्र प्रेमी प्रेमीकाको रुपमा रहेको अनुमान लगाउन सकिन्छ ।

408401428_6820715874723884_2330838404854584458_n.jpg

सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

चलचित्रमा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।
408364303_6820715548057250_5062893290943052366_n.jpg

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘दुई कदम’को एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । 

पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छायांकन भएको चलचित्रमा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । 

405435924_6820714881390650_7684801776396330016_n.jpg

२९ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij