Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

उद्धार खबर अन्तर्राष्ट्रिय म्यूजिक अवार्डको टप फाईभ नोमिनेशन सार्वजनिक


सारांश

उद्धार खबर अन्तर्राष्ट्रिय म्यूजिक अवार्डको टप फाईभ नोमिनेशन सार्वजनिक
images

काठमाडौं । उद्धार खबर अन्तर्राष्ट्रिय म्यूजिक अवार्डको उत्कृष्ट पाँच नोमिनेशन प्रमाणपत्र वितरण कार्यक्रम गरिएको छ ।

उद्धार खबर प्रा.लि.नको आयोजना र राष्ट्रिय संगीतकर्मी संघ,वाग्मती प्रदेशको व्यवस्थापनमा सो कार्यक्रम नमुना मित्र बैन्क्वेट मित्रपार्क काठमाडौंमा सम्पन्न भएको हो । अवार्डको ग्राण्ड फिनाले   यही डिसेम्बरको अन्तिम हप्ता थाईल्याण्ड, सिंगापुर,कम्बोडिया र भियतनाममा हुनेछ ।

उत्कृष्ट पाँचमा परेका कलाकार मध्येबाट प्रत्येक विधाको सर्वोकृष्ट एक/एक जनाले अवार्ड जित्नेछन्।

385529425_1222409825828594_4280282930103489358_n.jpg

टप फाइभ अर्थात उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), बेगम नेपाली (भटभटे माइला), पुजा तामाङ, करण तामाङ, आनन्द भट्टराई, रुकमिला अधिकारी मने , जिवन परियार , थानेश्वर अधिकारी, अशिम कंडेल क्षेत्री, लक्ष्मी तामाङ, मेख बहादुर गुरुङ, जितेन तामाङ, फुल माया तामाङ, शैलाप वाइबा,अनिता तामाङ, कर्णराज गिरी, लिला थापा, मुना कुमाल, तिर काँशी गुरुङ, चन्द्र कुमारी गुरुङ, रामकृष्ण गजुरेल, शुसिला तामाङ ,सरस्वती तामाङ, जेनिशा लामा, कमल दाहाल, सरोज दाहाल, सुजन घिमिरे, फुर्पा लामा ,विश्व पासा तामाङ, पुर्ण तामाङ, आदित्य लामा, सुनिल दोङ, जयराम दाहाल ,टेकराज घले ,रिचा बुलुन, प्रतिज्ञा लामा, कुसुम तामाङ, क्रिष्टी तामाङ, पुजा ग्लान तामाङ, निर कुमार तामाङ, सुर्य बहादुर तामाङ ,शक्ति तामाङ, मीना लोप्चन, करिणा राई, सिर्जना तामाङ, कुमारी घलान, कुमारी तामाङ, पवित्रा काफ्ले, सन्तोष आचार्य, रोजी रुम्बा, जबर खान, प्रमिला ब्लोन, सपना गिरी, मोहन परियार, राखिन्द्र कुमार तामाङ, आर.एल.लामा, धन बहादुर कार्की, श्याममाया गुरुङ, कुमारी कार्की, परङवा तामाङ, मोनिका सिङतान, दिपक तामाङ, बिश्वास भण्डारी, इन्दिरा बस्नेत, रविन्द्र डल्लाकोटी, तिलक प्रसाद चौलागाई, सुदिप बिश्वकर्मा, बिगेन्द्र नौबागे, किरन दनुवार, प्रविन राई, रेशम कुमार स्याउली तामाङ, विपना तामाङ, निरुता खत्री, शोभा थापा, रुद्र काजी राज, यक बहादुर लामिछाने, विपना तामाङ, प्रविन राई, प्रविन तामाङ, यदुनाथ कोइराला, बाबुराम तामाङ, मोनिका सिङतान तामाङ, अम्बिका खड्का, जनक थिङ, बरानाथ श्रेष्ठ, इन्दिरा रिजाल, मिना पाख्रिन, बिमला भुजेल, जनक खत्री, गिता खड्का, गोमा लामिछाने, जस्मान तामाङ, शिला सुब्बा, यु माया थापा मगर, रिस्तिना खत्री, मेघबहादुर खत्री, गंगा खड्का, विर बहादुर श्रेष्ठ, सुमन राई , कल्पना तामाङ बल, राम बहादुर थापा, चित्र बहादुर राई, सञ्चकुमारी तामाङ, दिनशे तामाङ, पुजा तामाङ, शान्ति मम्बा, राम सिंह तामाङ, आरम्भ तामाङ, टेकराज घले लगायतका कलाकार रहेका छन् ।

393168129_1049355086392052_5215485933371978211_n.jpg

यस अवार्डको निर्णायकहरुमा नायक तथा गायक विक्रम जंग शाह, वरिष्ठ गीतकार/संचारकर्मी दयाराम पाण्डेय र प्राज्ञ गायिका टिका पुन रहेका छन् ।

उद्धार खबर प्रा.लि.का अध्यक्ष एवं ख्यातीप्राप्त कलाकार विक्रम जंग शाहको अध्यक्षता पूर्व उर्जा राज्य मन्त्री माननीय सूर्यमान दोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन करण तामाङ र करिना राईले गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मोडल एम्बेस्डर आङ तेम्बा शेर्पा, नेपाल अमेरिका चलचित्र समाजका अध्यक्ष तथा नायक विक्रान्त बस्नेत, कलाकार जितेन तामाङ, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य तथा मनखुसी फाउण्डेसनका संस्थापक मान बहादुर तामाङ, समाजसेवी तथा कलाकार अरुण घिसिङ, विश्व किर्तिमानी डा. रक्ष कुमार राई लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको समन्वय केपी इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा.लि.,प्रेरणा इन्टरटेन्टमेन प्रा.लि., कास्की खवर डट.कम.र हेलो नेपाल इन्टरटेनमेन्ट प्रा.लि.गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij