सारांश
काठमाडौं । केशव पाण्डेको लेखन तथा निर्देशनमा चलचित्र '११:५५' बन्ने भएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो।
चलचित्रमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धी तामाङ, एमएस अग्रजलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन रहने फिल्म क्राइम थ्रिलर विधामा निर्माण हुने बताइएको छ।
विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने चलचित्रमा प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य, देव महर्जनको द्वन्द्व रहनेछ भने चलचित्रको प्रोडक्सन डिजाइनर सुवास काफ्ले हुन् ।
शनिवारबाट सुरु हुने ‘११ः ५५’ मा ले ३५ दिनको छायाङ्कन सेड्युल छ ।