Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

निर्देशक पूर्णेन्दु झा तेस्रो चलचित्रको तयारीमा : वर्किङ टाइटल ‘पिजे ३’


सारांश

निर्देशक पूर्णेन्दु झा तेस्रो चलचित्रको तयारीमा : वर्किङ टाइटल ‘पिजे ३’
images

काठमाडौं । युवा निर्देशक पूर्णेन्दु झा पाँचवर्षको विश्राम पश्चात तेस्रो चलचित्रको तयारीमा जुटेका छन् । चलचित्र ‘संरक्षण’ मार्फत निर्देशनमा डेब्यु गरेका  निर्देशक झा ‘चौका दाउ’ पछि तेस्रो चलचित्रको तयारीमा जुटेका छन् । 

वर्किङ टाइटल ‘पिजे ३’ (PJ3) राखिएको घोषणा गर्दै उनले नयाँ चलचित्र रोमान्टिक ड्रामा हुने बताए । हाल उनले थिम पोस्टर मात्र सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा प्रयोग गरिएका शब्द र कलरले आफ्नो कथाको आभाष दिने उनको भनाई छ । 

409533987_1396907957611750_4681495564048332460_n.jpg

‘यो युवापुस्ताको प्रेम कथा हो । यसमा राधा र रुक्मिणी दुवैको व्यक्तित्वसँग पात्र प्रभावित हुनेछन् । यसलाई एक वाक्यमा प्रेम, समर्पण र इर्ष्या भन्न सकिन्छ’, निर्देशक झाले भने, ‘अघिल्ला दुई चलचित्र निर्देशनको सिकाईमार्फत प्राप्त गरेको अनुभवलाई नयाँ चलचित्रमा प्रयोग गर्दैछु । किनकि यसपटक आम दर्शकलाई मन पर्ने फिल्मी कथा तयार भएको छ ।’

कजेल अफ फिल्म स्टडीजको पहिलो ब्याचका विद्यार्थी निर्देशक झाले ‘पिजे ३’ (PJ3) पूर्णेन्दु प्रोडक्सन्स र भारतीय एक कम्पनिसँगको सहकार्यमा नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने जानकारी दिए ।

28782771_173985369904021_505863195089076061_n.jpg

पूर्णेन्दुले ‘पिजे ३’ (PJ3)ले प्रेम कथालाई राधा र रुक्मिणीको माध्यमले व्यक्त गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij