सारांश
एजेन्सी । बाहुबली अभिनेता प्रभास अभिनित चलचित्र 'सलार' मा नेपालकी मेनुका पौडेलले गीत गाएकी छन्।
आइतबार राती प्रसारित 'इन्डियन आइडल' मा मेनुकाले गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन्। हाल मेनुका 'इन्डियन आइडल' की प्रतिस्पर्धी छन्। उक्त शोमा मेनुकाले 'सलार' को लागि गीत गाएको भिडिओ क्लिप प्रसारण गरिएको थियो।
'म आज निकै उत्साहित छु। किनकी मैले चलचित्रमा गीत गाउने अवसर पाएकी छु। यो मेरो टर्निङ प्वाइन्ट हो। जहाँ मैले पहिलो प्लेब्याक गीत गाएकी छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु,' उनले भनेकी छन्।
'सलार' को गीतमा रवि बसरूरले संगीत भरेका छन्।