Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति, यसअघिको फैसला कार्यान्वयन नहुने


सारांश

पल शाहको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्चको अनुमति, यसअघिको फैसला कार्यान्वयन नहुने
images

काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।

पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो । 

सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए । 

उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍याउँदै पुनः फैसला गर्नु पर्नेछ । 

नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

यस्तो छ पछिल्लो आदेश

371503492_274205418981667_4990771021727016081_n-1702698372.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij