Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस


सारांश

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस
images

एजेन्सी । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो ।

 पश्चिमी मंगोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ । देशका अरू भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ ।

आउँदो केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । मौसम विभागले सम्भावित प्रकोपबाट थप सावधानी अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij