Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘पूजार सार्की’ को मुख्य अभिनेत्रीमा अञ्जना र परीक्षा


सारांश

‘पूजार सार्की’ को मुख्य अभिनेत्रीमा अञ्जना र परीक्षा
images

 काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’मा अभिनय गर्ने मुख्य अभिनेत्रीहरुको टुङ्गो लागेको छ ।

चलचित्रका लागि अञ्जना बराइली तथा परीक्षा लिम्बु पक्का भएका हुन् । निर्माण टिमले उनीहरु दुवै जनालाई अडिसनबाट छनोट गरेको हो । चलचित्रको मुख्य अभिनेतामा यसअघि नै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भैसकेका छन् ।

यी दुई अभिनेत्रीमा को कसको जोडी बन्ने विषयमा केही पनि खुलाएको छैन् । अञ्जनाले ‘महापुरुष’बाट नेपाली चलचित्रमा डेव्यु गरेकी हुन् भने उनी अभिनित  ‘चित्रा’ प्रदर्शनको तयारीमा छ । यता परीक्षाले यसअघि ‘छक्का पञ्जा ४’ र ‘जारी’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी थिइन् ।

एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर चलचित्र बन्नेछ । संगीतकार सुभाष भुषालको निर्माण रहने चलचित्रका लेखक विकास सुवेदी हुन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij