सारांश
काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित चलचित्र ‘मेयर’को मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने अनुबन्ध भएका छन् । उनले यो सिनेमामा मेयरको भूमिका निर्वाह गर्नेछन् ।
थापाको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो । चलचित्र ‘मेयर’लाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।
थापाको राजनीनिक यात्राका बारेमा चलचित्र बन्ने भए पनि यो पूर्ण बायोपिक भने नहुने निर्देशक खनाल बताउँछन् । उनले भने, “पूर्ण बायोपिक पनि हुने छैन् ।”
भरत ताल थापा मेयर भएपछि बनेको ताल हो । यो कृत्रिम ताल अहिले मधेस प्रदेशको प्रमुख गन्तब्य मध्यको एक हो । थापाले पूर्वाधार विकासमा उदाहरणीय काम गरेको धेरैले बताउने गरेका छन् ।
थापाको सकारात्मक र नकारात्मक दुवै पक्ष चलचित्रमा समेटिने निर्देशक खनालले बताए ।