सारांश
काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ ।
सविन कुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनेछन् ।
चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ ।
निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ छन् ।