सारांश
काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रका अवैध संरचना व्यापारीले आफैँ हटाउन थालेका छन् । महानगरले अवैध संरचनामा डोजर चलाउने भन्दै चेतावनी दिएपछि उनीहरुले आफैँ हटाउन थालेका हुन् ।
महानगर प्रहरीका एसपी दिनेश अर्यालले व्यापारी आफैले त्यहाँका अवैध संरचनाहरु हटाउन थालेको जानकारी दिए । उनले सो क्षेत्र निरीक्षणका लागि जाने आजको कार्यतालिका रहेको पनि बताए ।
व्यापारीले आफैँ अवैध संरचना हटाउन थालेका छन् । आजै अवैध संरचना हटाए नहटाएकोबारे निरीक्षण गर्न जान्छौँ,” एसपी अर्यालले भने ।
महानगरले लामो भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाउदै आएको छ । अहिलेसम्म ५० भन्दा बढी ठाउँका अवैध संरचनामा महानगरको डोजर चलिसकेको छ