Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘मनका कुरा विथ वसन्त चौधरी’ कार्यक्रम चलाउँदै वसन्त चौधरी


सारांश

‘मनका कुरा विथ वसन्त चौधरी’ कार्यक्रम चलाउँदै वसन्त चौधरी
images
काठमाडौं । उद्यमी तथा साहित्यकार वसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालन गरेका छन् ।

उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको संघर्ष तथा जीवन यात्राका आरोह–अवरोहबारे कुरा गर्नेछन् । 

जसका लागि उनले मनिषा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, नीर शाह, मान्सी अग्रवाल, गायिका आनी छोइङ डोल्मा, रुबी राणालगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिनेछ । 

 “उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतार्ने गरेको बताएका छन् । उनले भनेका छन्,“मलाई तपाईंका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।”

सीजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij