Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सरकार र डा. गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता जारी


सारांश

सरकार र डा. गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता जारी
images

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सातबुँदे माग २० औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता भइरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, शिक्षा तथा स्वास्थ्य सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन् । 

डा. केसीका तर्फबाट भने डा. जीवन क्षेत्रीसहित पाँच सदस्यीय टोली सहभागी छ । आज बुँदागत रुपमा निष्कर्षमा पुग्नेगरी छलफल हुने बताइएको छ ।

यसअघि, आइतवार भएको वार्तामा केही बुँदामा छलफल भए पनि निष्कर्ष आउन नसकेपछि आज दोस्रो चरणको छलफल सुरु भएको हो ।

Dr.KC-Sarkar-Barta11663653704.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij