Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘द पोइट आइडल सिजन–२’को निर्णायकमा केकी


सारांश

‘द पोइट आइडल सिजन–२’को निर्णायकमा केकी
images

काठमाडौं । कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल सिजन–२’को निर्णायकमा केही फेरबदल हुने भएको छ । गत वर्षबाट सुरु भएको उक्त शोको दोस्रो सिजनमा निर्माण पक्षले निर्णायकमा फेरबदल गर्न लागेको हो । 

निर्णायक मण्डलमा केकी अधिकारीले प्रवेश गर्ने निश्चित भएको छ । उनी नायिका सुरक्षा पन्तको ठाउँमा पोइट आइडलमा प्रवेश गर्न लागेकी हुन् । 

“अफिसियल रूपमा घोषणा गर्न मात्रै बाँकी हो, सुरक्षा पन्तको ठाउँमा केकी अधिकारी फाइनल भइसक्नुभएको छ,” स्रोतले भन्यो । 

अन्य निर्णायकमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा र अनुप बराल छन् । नेपाली मौलिक रियालिटी शो ‘द पोइट आइडल’लाई अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् । 

‘द पोइट आइडल सिजन–२’का लागि ग्लोबल डिजिटल अडिसन यस अघि नै आह्वान गरिसकिएको छ । दोस्रो सिजन माघ २२ गतेबाट हिमालय टिभीमा प्रसारण हुँदै छ । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij