सारांश
काठमाडौं । म्युजिक भिडियोका व्यस्त निर्देशक माइल चन्दले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा नयाँ चलचित्रको घोषणा गर्दै उनले चलचित्र निर्देशनमा हात हालेका हुन् । घोषणा पोस्टर सार्वजनिक गर्दै उनले नेपाली र हिन्दी भाषामा चलचित्र निर्माण हुन लागेको जानकारी दिए ।
माइकलले निर्देशन गर्न लागेको डेब्यू चलचित्रको नाम ‘राम नाम सत्य’ राखिएको छ । चलचित्रको कथा पनि स्वयंम चन्दले नै लेखेका हुन् । चलचित्रमा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी रहने छ ।
यो चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भएको छ । अहिले चलचित्रको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए । उनले भने–‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौँ भन्ने सोच मेरो पहिलेदेखि नै थियो । साथमा, अहिलेको समसामयिक विषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले, फिल्म निर्देशन आरम्भ गर्न लागेको हुँ ।’