सारांश
काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ ।
आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त चलचित्रको घोषणा गरिएको हो ।चलचित्रमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने बताइएको छ ।
चलचित्र एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।