सारांश
काठमाडौं । लेखक, निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’मा अभिनेत्रीको रुपमा आँचल शर्मा भित्रिएकी छन् ।
निर्माण ब्यानर क्लक वर्क कृयसनले चलचित्रको मुख्य अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको हो । स्क्रिप्टको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताए ।
अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित भइसकेको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो । यसपछि यही टिमले तेस्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।