काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को ग्लोवल प्रवक्तामा प्रकाश तिवारीलाई नियुक्त गरिएको छ ।
तिवारीले इनासको संस्थागत श्रीवृद्दिमा पुर्याएको योगदान र सक्रियताको उच्च मूल्यांकन गर्दै इनास ग्लोवल समितिको ६८ औं बैठकले उनलाई प्रवक्तामा मनोनित गरिएको बुझिएको छ।
इनास स्पेनको संस्थापक अध्यक्ष रहेका तिवारी इनासको ग्लोवल प्रतिनिधि हुदै इनास युरोपको दुई कार्यकाल सह-संयोजकको जिम्मेवारी सम्हालिसकेका छ्न । गत नोभेम्वरमा काठमाण्डौमा सम्पन्न इनासको पाँचौं ग्लोवल सम्मेलनबाट उनी इनास युरोप संयोजक पदमा दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका थिए ।
कास्कीको माझठाना स्थायी घर भएर हाल युरोपको आइसल्याण्डमा बस्दै आएका तिवारीलाई इनास ग्लोवलले प्रवक्तामा नियुक्त गरेर नयाँ जिम्मेवारी थपेको हो । नेपालमा रहँदा विभिन्न टेलिचलचित्रमा अभिनय गरेका तिवारीले अभिनय गरेको ठुलो पर्दाको चलचित्र कपुरी क प्रदर्शनको क्रममा रहेको छ ।
तिवारी केही समयपछि नयाँ चलचित्रमा पनि खेल्न लागेको खबर छ। यसको लागि केही स्थापित निर्माता /निर्देशक संग कुराकानी भइरहेको जानकारी समेत प्राप्त भएको छ।