Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

दयाहाङले अबको एक वर्ष नयाँ चलचित्र साइन नगर्ने


सारांश

दयाहाङले अबको एक वर्ष नयाँ  चलचित्र साइन नगर्ने
images

काठमाडौं । अभिनेता दयाहाङ राईले अबको एक वर्ष नयाँ चलचित्र साइन नगर्ने बताएका छन् ।

आफूले अभिनय गर्नुपर्ने धेरै चलचित्र थुप्रिएका कारण यस्तो गर्न लागेको उनले सुनाए ।

 

‘मैले अभिनयका लागि सहमति जनाएको घोषणा हुन बाँकी ५ चलचित्र छन् । त्यसपछिका अन्य चलचित्र साइन गर्दिनँ,’ दयाहाङले भने, ‘साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रियो ।’ 

बिहीबार चलचित्र ‘दयारानी’को प्रेस मिटमा दयाहाङले ‘दयारानी’ले दर्शकका लागि नौलो स्वाद हुने सुनाए ।  ‘फिल्म सन्तान नभएका श्रीमान् श्रीमतीबिचको कथा हो’, राइले थपे, ‘यसले सन्तान नभएका श्रीमान् श्रीमतीका लागि सन्ताको उपाय समेत खोज्छ ।’
 
‘दयारानी’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij