सारांश
एजेन्सी । मृत भनिएकी भारतीय अभिनेत्री पुनम पाण्डे जिवितै रहेको बताइएको छ ।
उनी स्वयंले इन्स्टाग्राममा भिडियो सेयर गरेकी छन् । भिडियोमा उनले आफू बाचेकाे र क्यान्सरविरुद्ध लड्ने बताएकी छन् ।
पाण्डेले भिडियोको क्याप्सनमा लेखेकी छन्, “म तपाईंहरू सबैसँग एउटा महत्वपूर्ण कुरा सार्वजनिक गर्न चाहन्छु । म यहाँ छु, जीवित छु ।”
उनले आफूले क्यान्सरबारे जनचेतना जगाउन मृत्युको भ्रम फैल्याएको बताएकी छन् ।