Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

अनिल योञ्जनले चलचित्र ‘रुमानी रङ्ग’ निर्देशन गर्ने, मुख्य भूमिकामा साम्राज्ञी र आर्यन


सारांश

अनिल योञ्जनले चलचित्र ‘रुमानी रङ्ग’ निर्देशन गर्ने, मुख्य भूमिकामा   साम्राज्ञी र आर्यन
images

काठमाडौं । युवा निर्देशक अनिल योञ्जनले चलचित्र ‘रुमानी रङ्ग’बाट कमब्याक गर्ने भएका छन् ।

‘रुमानीरङ्ग’मा निर्देशक योञ्जनकै पटकथा तथा संवाद छ । चलचित्रबारे निर्देशक अनिल योञ्जन भन्छन्, ‘लभस्टोरी भए पनि चलिरहेको धारभन्दा अलि फरक छ । प्रेमकथामा पनि संवेदनशील विषय उठाउँदैछौं ।’

Capture.JPG

निर्देशक योञ्जनले यसअघि चलचित्र ‘‘डायरी’’ निर्देशन गरेका थिए ।

आगामी चैतबाट छायांकनको तयारी गरिएको चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । लभस्टोरी कथावस्तुमा बन्न लागेको चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।

Capture.JPG

चलचित्रलाई हरि मल्ल ठकुरी र जिएम ठकुरीले मिलेर निर्माण गर्नेछन् । 

 ‘रुमानी’को शाब्दिक अर्थ सुन्दर र मनमोहक हुन्छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij