Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान


सारांश

‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान
images

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ प्रदान गरिएको छ । सोमबार नातिकाजी स्मृति समाजले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९औँ जन्म जयन्तीको अवसर पारेर केही दिनअघि सम्मान तथा पुरस्कार घोषणा भएको थियो ।

कार्यक्रममा यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापाले प्राप्त गरे । त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटीले प्राप्त गरे ।
 
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रले प्राप्त गरे । सोही अवसमा ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई दिइयो भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रियले प्राप्त गरे ।
 
कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली समाजको विविधलाई गीतसंगीतले एक ढिक्का बनाउने काम गरेको बताए । विविध जाती, उनीहरुको भाषा, गीतसंगीतको एकतानै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको उनको भनाई थियो । ‘सृजना राष्ट्रका सम्पदा हुन् । संस्कृति राष्ट्रका पहिचान हुन् । कलाकार राष्ट्रका अमूल्य निधि हुन् । उनीहरु सृजना र संस्कृतिका संम्वाहक हुन्’, पौडेलले भने ‘कलाकारको साधनाबाट गीत सृजनाले राष्ट्रको पहिचान स्थापित गर्ने गर्छ ।’ उनले नेपाली मौलिक गीतसंगीतको जग पुस्ताको रुपमा नातिकाजी श्रेष्ठ अग्रणी रहेको सुनाए । पौडेलले नेपाली गीतसंगीतको क्षेत्रमा नाटिकाजीको योगदान अतुलनीय समेत रहेको बताए । 
 
नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले नातिकाजीको मात्र नभएर स्वर्गीय सम्पूर्ण स्रष्टाको नामबाट पनि पुरस्कार स्थापना गर्नु बताए । ‘हामीले व्यक्तिगत पहलबाट नातिकाजी पुरस्कार वितरण गर्दै आएका छौ’ बास्कोटाले भने ‘हामीले गुमाएका तमाम स्रष्टाको नामबाट पनि राज्यले पुरस्कार तथा सम्मान स्थापना गर्नुपर्छ ।’ स्वर्गीय स्रष्टाबाट पुरस्कार स्थापना गरेर प्रदान गर्न सकेमात्र ती संस्थाको वास्तविक सम्मान हुने बास्कोटाको धारणा रहेको थियो ।
 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij