सारांश
काठमाडौं । निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्र ‘रुखान’ निर्माणको घोषणा गरिएको छ ।
यो चलचित्र नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी चार भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
निर्देशक सविर श्रेष्ठले भन्छन्, ‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं ।’
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रको कथा डाक्टर रुपक घिमिरेले लेखेका छन् । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
रुखानको कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । अर्जुन पोखरेलको संगीत रहनेछ ।
चलचित्रको सार्वजनिक फर्स्टलुकमा एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक
फर्ष्टलुकमा ‘न्याय देऊ’ लेखिएको छ ।