सारांश
काठमाडौं । हास्य टेलिशृंखला 'सक्किगोनी' का टिमले चलचित्र बनाउने भएका छन्।
उनीहरू यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन्। टेलिशृंखलाका जिग्री (कुमार कट्टेल), कक्रोज (हरिश निरौला) र काकु (दीपक आचार्य) नौबिसेमा स्क्रिप्ट लेखिरहेका छन्।
'अहिले फिल्मको लेखन कार्य भइरहेको छ। स्क्रिप्ट तयार भएपछि निर्माण टिम फिल्मको आधिकारिक घोषणा गर्ने तयारीमा छन्,' अर्जुन घिमिरेले भने।
कुमार र दीपकले फेसबुकमा स्टाटस लेख्दै ‘मिसन ८१’ मा आफूहरु लागेको उल्लेख गरेका छन् ।