Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

विक्रम जङ्ग शाहको “हेर्छौ तन्की तन्की.." गीतको चर्चा चुलिंदो


सारांश

विक्रम जङ्ग शाहको “हेर्छौ तन्की तन्की.." गीतको चर्चा चुलिंदो
images

काठमाडौं । युवा गायक विक्रम जङ्ग शाहको “हेर्छौ तन्की तन्की.. - बोलको गीतको चर्चा दिन प्रति दिन बढिरहेको छ।

एफ एम रेडियो, टेलिभिजन का कार्यक्रममा यो गीत दिनहुुँ घन्किरहेको छ।

" गीतको शब्द, गायकी सबै राम्रो छ,"सिटिजन्स एफ एम ९७.५ का संचालक विजन दुवाडी भन्छन्, "त्यसैले श्रोताहरुको रोजाईमा पनि यो गीत अत्यधिक पर्छ।"

त्यस्तै भिडियो राम्रो बनेकोले टेलिभिजनमा पनि यो गीत प्रायः दर्शकहरूकै रोजाईमा परेर बजाइने रमाईलो टि भी का एक प्रस्तोताले बताए । मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा विक्रम जङ्ग शाह संगै नायिका शिल्पा पोख्रेलले अभिनय गरेका छन् ।

उद्धार म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा विक्रम संगै गायिका प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतलाई अमृत भारतीले लेखेका हुन् भने संगीत प्रस्तुतकर्ता एवम् गायक विक्रमले भरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij