Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

  • आइतबार, कात्तिक १६ २०८३

मिथुन चक्रवर्ती अस्पताल भर्ना


सारांश

मिथुन चक्रवर्ती अस्पताल भर्ना
images

एजेन्सी। भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।

छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो ।

भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ ।

चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य रहेको भए पनि छाती दुख्नका कारण पत्ता लागेको छैन । उनी चिकित्सकहरु निगरानीमै छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij