सारांश
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । भदौ महिनाको अन्तिम सातामा वाणिज्य बैंकहरुमा ४० अर्ब ५४ करोड रुपैयाँ निक्षेप थपिएको हो ।
बैंकहरुमा भदौ २४ गतेसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ ३१ गतेसम्म ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप कायम भएको हो ।भदौ महिनामा मात्र ५२ अर्ब १५ करोड रुपैयाँ निक्षेप थपिएको छ । गत साउन ३१ गतेसम्म ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम रहेको निक्षेप भदौ ३१ गतेसम्म बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ ।